बाढीपीडितलाई बैंकको ४३ करोड सहयोग


काठमाडौं।

बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि बैंक तथा वित्तीय संस्थाले ४३ करोड ४३ लाख रुपैयाँ सहयोग गरेका छन्।

हालसम्म १४ वाणिज्य बैंकले ४१ करोड ३३ लाख र चार विकास बैंकले २ करोड १० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराएका छन्।

ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ५ करोड रुपैयाँ सहयोग गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख, एनएमबि बैंकले ३ करोड ५१ लाख, नेपाल बैंकले ३ करोड १९ लाख बराबरको नगद तथा सामग्री र कुमारी बैंकले ३ करोड रुपैयाँसहित राहत सामग्री उपलब्ध गराएका छन्।

यस्तै, प्राइम कमर्सियल र हिमालयन बैंकले ३ करोड १ लाखका दरले तथा राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ सहयोग गरेका छन्।

विकास बैंकतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले ७० लाख, शाइन रेसुङ्गाले ६५ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख र कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।