संन्याससँगैं मेसीको युग सकियो


लन्डन, (एजेन्सी) ।

मैले सबै थोक दिएँ, अब मसँग दिनको लागि केही बाँकी छैन ।अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि लियोनेल मेसीले उक्त वाक्य बोलेका हुन् । मेसीले सोमबार आफ्नो २० वर्षको अन्तर्राष्ट्रिय करिअर समाप्त भएको घोषणा गरेका हुन् । योसँगैं उनको सुनौलो युग समाप्त भएको छ ।
मेसीले संन्यास लिएको यो दोस्रोपटक हो । उनले १० वर्षअघि २०१६ मा पनि संन्यासको घोषणा गरेका थिए । त्यतिबेला उनी २९ वर्षका थिए । कोपा अमेरिका फाइनलमा चिलीसँग अर्जेन्टिना हारेपछि मेसीले आँसु बगाउँदैं संन्यासको घोषणा गरेका थिए ।

उनले भनेका थिए–मेरा लागि राष्ट्रिय टोली सकियो । मैले जे जति सक्दो गरेँ । च्याम्पियन हुन नपाउँदा यसले चोट पु¥याएको छ ।
यसअघि अर्जेन्टिनाले २०१४ को विश्वकप फाइनल गुमाएको थियो । ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित भएको थियो । उनी खेलेकै २००७ र २०१५ कोपा अमेरिका फाइनलहरूमा पनि अर्जेन्टिना पराजित भएको थियो ।

खेलाडीका लागि यति संख्यामा फाइनल हार्नु पीडाको विषय नै हुने भयो । यसैले निरास भएर मेसीले जुन २०१६ मा भावुक बन्दै संन्यास लिएका थिए । तर, अर्जेन्टिनाका राष्ट्रपतिको आग्रहपछि उनले अगस्टमा संन्यास फिर्ता लिए । यसपछि भने उनको करिअर निकै उत्कृष्ट बन्यो ।
यही १० वर्षको समयअवधिमा मेसीले चार प्रमुख उपाधि जिते भने अर्जेन्टिनाका लागि ७० गोल पनि गरे । यसका साथै उनले गोलसंख्या १ सय २५ मा पु¥याए । उनी १ सय गोल गर्ने अर्जेन्टिनाका एक्लो खेलाडीसमेत बनेका छन् ।

मेसीको अन्तर्राष्ट्रिय करिअर
२००५ मा हंगेरीविरुद्ध डेब्यु गरेको । यसै खेलमा रातो कार्ड पाएको ।
–२००६ देखि २०२६ सम्म गरी ६ विश्वकप खेलेको ।
–२०२२ मा कतारमा भएको विश्वकप जितेको ।
–२०१४ र २०२६ विश्वकप फाइनलमा क्रमशः जर्मनी र स्पेनसँग हारेको ।
–विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा २१ गोलसँगैं दोस्रो स्थानमा । पहिलो स्थानमा फ्रान्सका केलियन एम्बाप्पे (२२ गोल) रहेका छन् ।
–अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा १२५ गोलसहित दोस्रो स्थानमा । पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (१४६ गोल) रहेका छन् ।