काठमाडौँ ।
प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएका छन्।
लाभांश वितरण प्रयोजनका लागि दुवै फण्डले भदौ २५ गते एक दिन बुकक्लोज गर्ने भएका छन्। त्यसअनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
भदौ ५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले दुवै फण्डका इकाईधनीलाई १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।












प्रतिक्रिया