काठमाडौं।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ।

भोटेकोशी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारको कठिन परिस्थितिलाई मध्यनजर गरी राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको हो।
कम्पनीले बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
त्यस्तै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित नागरिकसँग साथमा रहेको कम्पनीले जनाएको छ।












प्रतिक्रिया