काठमाडौं ।
हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीहरूले रसुवाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।

कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको राहत सामग्री नुवाकोटमा नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। उक्त सामग्री नेपाली सेनामार्फत रसुवाका प्रभावित क्षेत्रमा पु¥याइनेछ।
विपद्का कारण प्रभावित परिवारको दैनिकी कष्टकर बनेको अवस्थामा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूले आफ्नै पहलमा सहयोग संकलन गरेका हुन्। सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई प्राथमिकता दिँदै गरिएको सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया