काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीहरूबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा आज भदै ११ ) नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा जनधनको ठूलो क्षति भएको अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको हो ।
बैंकले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको जनाएको छ । साथै, राहत कोषमा गरिएको सहयोगबाट बाढी प्रभावितको उद्धार तथा राहत व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया