काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुपले ५१ लाख सहयोग गरेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।
शिवशक्ति ग्रुपका तर्फबाट माननीय राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल, राहुल कुमार अग्रवालसहित कम्पनी परिवारले रु. ५१ लाख सहयोग गरेको हो। उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ।
यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालि, बाराले पनि बाढीपीडितको राहत तथा उद्धारका लागि रु. १० लाख सहयोग गरेको छ।
ग्रुपले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन समयमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न पनि शिवशक्ति ग्रुपले अपिल गरेको छ।
ग्रुपले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।













प्रतिक्रिया