बाढीपहिरो प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेट १५ दिन निःशुल्क


काठमाडौं ।

डिसहोमले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनको निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेटको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकलाई थप निःशुल्क सेवा उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।

डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रमा रहेका ग्राहकले उक्त निःशुल्क सेवा पाउनेछन्।

विपद्को कठिन परिस्थितिमा ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच तथा आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको डिसहोमले जनाएको छ।

कम्पनीले प्रभावित ग्राहकलाई धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यमबाट सम्पर्क गर्न अनुरोध गरेको छ।

यसैगरी, भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डिसहोमले दुःख तथा सहानुभूति व्यक्त गरेको छ। उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

Skip This