बाढी पीडितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग


काठमाडौँ।

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कालिका कन्स्ट्रक्सन प्रालिले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन्।

चीनको तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको घटनाप्रति पाण्डेले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कालिका कन्स्ट्रक्सनका अनुसार विपद् प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा तत्कालीन आवश्यकता पूरा गर्न सघाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको हो।

भोटेकोशी बाढीपछि निजी क्षेत्रका विभिन्न कम्पनी तथा संस्थाले राहत कोषमा सहयोग घोषणा गर्ने क्रम बढिरहेको छ। कालिका कन्स्ट्रक्सनले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकको सहयोगमा योगदान गरेको जनाएको छ।

Skip This