काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जनाएको हो। विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोगको निर्णय गरिएको कम्पनीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्का बेला जोखिम मोलेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाउँदै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।













प्रतिक्रिया