रुबियोद्वारा बाढीपीडित नेपालीप्रति ऐक्यबद्धता


काठमाडौं ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी तथा डुबानप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै रुबियोले विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको बताएका हुन्। उनले बाढीबाट प्रभावित नेपाली जनताका लागि प्रार्थना गरिरहेको उल्लेख गरेका छन्।

रुबियोले आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न अमेरिकी विदेश मन्त्रालय पूर्ण रूपमा तयार रहेको समेत बताएका छन्।

Skip This