नेपालको बाढीप्रति जापानी प्रधानमन्त्री ताकाइचीद्वारा दुःख व्यक्त, ५ जापानी नागरिक बेपत्ता


काठमाडौं ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीमा परी पाँच जना जापानी नागरिक बेपत्ता भएको खबरले आफू गम्भीर चिन्तित भएको उनले बताएकी छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री ताकाइचीले नेपाल सरकार, नेपाली जनता तथा बाढी प्रभावित सबैप्रति समवेदना व्यक्त गरेकी छन्। उनले नेपालस्थित जापानी दूतावासले बेपत्ता नागरिकसँग सम्पर्कको निरन्तर प्रयास गरिरहेको र खोजी कार्यमा सहयोगका लागि अपिल गरेको जानकारी दिएकी छन्।

उनले बेपत्ता जापानी नागरिकको अवस्थाबारे जानकारी हुने जोकोहीलाई नेपालस्थित जापानी दूतावासमा सम्पर्क गरिदिन आग्रह गरेकी छन्। दूतावासको सम्पर्क नम्बर +९७७-१-४५२६८० उपलब्ध गराउँदै उनले नेपालमा रहेका आफ्ना नागरिक, नेपाली जनता तथा सबै विदेशी नागरिकको सुरक्षाको कामना गरेकी छन्।

Skip This