काठमाडौं।
एनआईसी एशिया बैंकले नाडा अटो शो २०२६ को अवसरमा ल्याएको विशेष अटो लोन योजना ग्राहकबीच लोकप्रिय बन्दै गएको जनाएको छ। बैंकले काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म सञ्चालन भइरहेको नाडा अटो शोका अवसरमा ७ वर्षसम्म वार्षिक ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘एनआईसी एशिया अटो लोन’ उपलब्ध गराइरहेको छ।
बैंकका अनुसार नाडा अटो शोको पहिलो दिनदेखि नै उक्त कर्जा योजनाप्रति ग्राहकको उल्लेख्य आकर्षण देखिएको छ। ७ वर्षसम्म ब्याजदर परिवर्तन नहुने भएकाले ग्राहकले आफ्नो दीर्घकालीन वित्तीय योजना तथा मासिक कर्जा दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने बैंकको विश्वास छ।
ग्राहकलाई सवारी साधन खरिदसँगै कर्जा प्रक्रिया पनि सहज र छरितो बनाउन बैंकले नाडा अटो शोमा विशेष डिजिटल सुविधा उपलब्ध गराएको छ। ग्राहकले क्यूआर स्क्यान गरी आवश्यक विवरण भरेर कर्जाको योग्यता परीक्षण गर्न तथा तत्काल कर्जा स्वीकृतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
कर्जा स्वीकृतिपछि आवश्यक कागजात आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा बुझाएर बाँकी प्रक्रिया पूरा गर्न सकिनेछ। बैंकका अनुसार डिजिटल प्रक्रियाले ग्राहकलाई आफूले रोजेको सवारी साधन छनोटदेखि कर्जा प्रक्रियासम्मका काम एउटै स्थानबाट अघि बढाउन सहज बनाएको छ।
बैंकले यस योजनाअन्तर्गत ग्राहकको रोजाइअनुसार निजी, व्यावसायिक तथा विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराएको जनाएको छ। ७ वर्षसम्म ५.९९ प्रतिशतको अपरिवर्तनीय ब्याजदरमा उपलब्ध कर्जा सुविधाले सवारी साधन खरिदलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बैंकको भनाइ छ।
यद्यपि, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने कालो नम्बर प्लेटका सवारी साधनको हकमा कर्जा अवधि ५ वर्ष कायम गरिएको बैंकले जनाएको छ।
ग्राहकले एनआईसी एशिया बैंकका कुनै पनि शाखा कार्यालयबाट अटो लोन लिन वा यससम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, नाडा अटो शो २०२६ मा रहेको बैंकको स्टलमा पुगेर ‘एनआईसी एशिया अटो लोन’ तथा बैंकका अन्य सुविधाबारे विस्तृत जानकारी लिन सकिने जनाइएको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलका अनुसार बैंकले ग्राहकको आवश्यकता र बदलिँदो वित्तीय प्राथमिकतालाई ध्यानमा राख्दै सहज, छिटो र भरपर्दो कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ।














प्रतिक्रिया