नाडा अटो शोमा सिद्धार्थ बैंकको विशेष अफर


काठमाडौं।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) को आयोजनामा भइरहेको NADA Auto Show 2026 का अवसरमा सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकले ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) सहितको आकर्षक कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

यो विशेष योजना भदौ ९ देखि भदौ १४ गतेसम्म (२५–३० अगस्ट २०२६) आयोजना हुने नाडा अटो शो २०२६ अवधिमा बुकिङ गरिएका सवारीसाधनमा लागू हुने बैंकले जनाएको छ।

सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन बैंकले आग्रह गरेको छ। यस योजनाले ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराई आवश्यकता अनुसार सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

बैंकले यस सेवासम्बन्धी थप जानकारीका लागि २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।

Skip This