नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदर


काठमाडौं ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको अवस्थामा तीन कार्यदिनभित्रै कर्जा प्रवाह गरिनेछ। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल र शीघ्र कर्जा प्रवाहको सुविधा उपलब्ध गराउने बैंकको विश्वास छ।

सीमित अवधिका लागि विशेष सुविधा

बैंकले यो विशेष कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ। ग्राहकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर रहेका शाखामार्फत उक्त कर्जा सुविधाका लागि सम्पर्क गर्न सक्नेछन्।

बैंकका अनुसार प्रतिस्पर्धी ब्याजदर र कम प्रोसेसिङ शुल्कसँगै छिटो कर्जा प्रवाह हुने भएकाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ।