काठमाडौं।
मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्ना १७६ वटै शाखाबाट सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।
बैंकका अनुसार विद्युतीय (EV) सवारीसाधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म र आन्तरिक दहन इन्जिन (ICE) सवारीसाधनका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
यो सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यमका लागि व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच पुग्ने बैंकको अपेक्षा छ। यसले ग्राहकलाई आफ्नो व्यवसाय विस्तार गर्नसमेत सहयोग पुग्ने बैंकले जनाएको छ।
यसैबीच, बैंकले अटो कर्जा, कृषि कर्जा तथा एसएमई कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफरसमेत ल्याएको जनाएको छ।
मुक्तिनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार, नयाँ समझदारीले व्यावसायिक प्रयोजनका सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया