काठमाडौं ।
प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्।
प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यी दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षका लागि १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेका हुन्।
भदौ ५ गते बसेको प्रभु क्यापिटलको सञ्चालक समिति बैठकले दुवै योजनाका इकाईधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।











प्रतिक्रिया