काठमाडौं।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार कार्निभल भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।
कार्निभलअन्तर्गत ग्राहकले आफूले प्रयोग गरिरहेको कुनै पनि पुरानो गाडी दिएर हालै नेपालमा सार्वजनिक गरिएका नयाँ पञ्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सक्नेछन्। पुरानो गाडीको मूल्यलाई डाउनपेमेन्टका रूपमा समायोजन गरी टाटाका नयाँ विद्युतीय गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले विभिन्न विशेष सुविधा उपलब्ध गराउने भएको छ। ग्राहकले उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडान सुविधा पाउनेछन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पञ्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित नेपालमा सार्वजनिक गरिएको थियो। नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँ पञ्च ईभीमा दुई ब्याट्री विकल्प
अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
नयाँ पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन्।
टियागो ईभीमा पनि नयाँ सुविधा
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन तथा आकर्षक रङका विकल्प उपलब्ध छन्। यसमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुरक्षा तथा सुविधाजनक फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङका अनुसार कार्निभलले ग्राहकलाई पुरानो सवारीसाधनको मूल्य समायोजन गर्दै नयाँ विद्युतीय गाडीमा सहज रूपमा स्तरोन्नति हुने अवसर प्रदान गर्नेछ।











प्रतिक्रिया