मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्य


काठमाडौँ।

गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले मञ्जुश्री फाइनान्स लिमिटेड र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतासँगै दुवै संस्थाले स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी तथा अर्थपूर्ण समाधान विकास गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएका छन्।

वित्तीय तथा स्वास्थ्य क्षेत्रका दुई संस्थाबीच भएको यो सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य सेवासँग सम्बन्धित नयाँ तथा प्रभावकारी योजना र कार्यक्रम अघि बढाउन समेत सहकार्यले आधार तयार गर्ने जनाइएको छ।

समझदारीपत्रमा भएको हस्ताक्षरलाई दुवै संस्थाबीचको सहकार्यको महत्वपूर्ण सुरुवातका रूपमा लिइएको छ। आगामी दिनमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रम तथा सेवामूलक समाधान अघि बढाउने लक्ष्य दुवै संस्थाले लिएका छन्।

सहकार्यका क्रममा दुवै संस्थाले “स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने” प्रतिबद्धता व्यक्त गरेका छन्।