सुनको मूल्य तोलामा २ लाख ३९ हजार नाघ्यो, चाँदी पनि महँगियो


काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा १ हजार २ सय रुपैयाँले बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर ३ हजार ३५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।