तोलामा १९ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?


काठमाडौँ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार दुई लाख १७ हजार एक सय रूपैयाँ पुगेको हो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। सोमबार दुई हजार पाँच सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार दुई हजार पाँच सय ९५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।