एसवाई प्यानलले पायो, धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति


काठमाडौँ
नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।

यो कुल कम्पनीको जारी पुँजीको ४० प्रतिशत हो । कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।