सुनचाँदीको मूल्यमा वृद्धि,सुनको मूल्य तोलामा १,३०० रुपैयाँले बढ्यो


काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १,३०० रुपैयाँले बढ्दै १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ।

बुधबार यसको मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार २९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।