एनसेलको ‘सधैँ अन करोडपति’ योजनाका विजेता छनोट


काठमाडौं ।

एनसेलले सञ्चालन गरेको ‘सधैँ अन करोडपति’ योजनाको बम्पर विजेता धादिङकी पार्वती कार्की बनेकी छन्। उनले एक करोड रुपियाँ नगद पुरस्कार प्राप्त गरेकी हुन्।

एनसेलले असार १ देखि ३२ गतेसम्म उक्त योजना सञ्चालन गरेको थियो। कार्कीले ९९ रुपैयाँको ‘बेसिक रिन्युअल’ प्याक खरिद गरेर योजनामा स्वतः सहभागिता जनाएकी थिइन् ।

शुक्रबार एनसेलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले पुरस्कार हस्तान्तरण गरेका थिए। यस योजनामा ५० जना ग्राहकले साप्ताहिक रूपमा एक–एक लाख रुपियाँ नगद पुरस्कार पनि जितेका छन्। यद्यपि, नियामक निर्देशनअनुसार योजना साउन १ गते नै बन्द गरिएको कम्पनीले जनाएको छ।

Skip This