५० रुपियाँ दरका ४२ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान


काठमाडौं।

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका (४२० मिलियन) ४२ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमार्फत प्रकाशित बोलपत्रमा पूर्व-अर्हता प्राप्त अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण कम्पनीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

राष्ट्र बैंकले यो प्रक्रियालाई एक चरण दुई खाम प्रणाली अन्तर्गत अघि बढाएको छ। जसअनुसार बोलपत्रदाताहरूले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव अलग-अलग बन्द खाममा बुझाउनु पर्नेछ।

हाल देशमा ५० रुपैयाँ दरका नोटको माग उच्च रहेको र पुराना नोटहरू विस्थापन गर्न नयाँ नोट छपाइ प्रक्रिया अघि बढाइएको बुझिएको छ। राष्ट्र बैंकले आवश्यक प्रक्रिया पूरा भएपछि ठेक्का पाएको कम्पनीले नेपाल राष्ट्र बैंकलाई डिजाइनसहितको नोट छपाइ गरी आपूर्ति गर्नेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।