मध्यताँदी जलविद्युत आयोजनामा प्रभु बैंकको ७१ करोड लगानी


काठमाडौं ।

नुवाकोटको ताँदी खोलामा निर्माणाधीन ५.५ मेगावाट क्षमताको मध्यताँदी जलविद्युत आयोजनामा प्रभु बैंकले ७१ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने भएको छ। कुल लागत १ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको आयोजनामा बैंकको ६५ प्रतिशत र दुप्चेश्वर महादेव हाइड्रो कम्पनीको ३५ प्रतिशत लगानी रहनेछ।

शुक्रवार काठमाडौंमा भएको सम्झौतामा कम्पनीका अध्यक्ष अनिल जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका हुन्।

आयोजनाको निर्माण कार्य दुप्चेश्वर गाउँपालिका–६ मा तीव्रगतिमा भइरहेको छ। १५ महिनाभित्र सम्पन्न हुने लक्ष्यसहित निर्माणाधीन यो आयोजनाबाट उत्पादित विद्युत ६ किलोमिटर प्रशारण लाइनमार्फत समुद्रटार सवस्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।