धान उत्पादन बढ्दासमेत आयात दोब्बर, आत्मनिर्भरता चुनौती


काठमाडौं ।

२२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारासाथ मनाइँदै छ। सरकारले उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आए पनि चालु आवको ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

भारतबाट बढी मसिना तथा बास्नादार चामल आयात हुने गरेको र बिउसमेत ९० प्रतिशतसम्म आयात गर्नुपर्ने अवस्था रहेको कृषि विभाग र बिउबिजन केन्द्रले जनाएका छन्।

नेपालमा वार्षिक ७० लाख मेट्रिक टन मागमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यसैबीच, नार्कले ५.२ टन प्रतिहेक्टर उत्पादन हुने ‘खुमल–१८’ जातको धान सिफारिस गरेको छ। चैते धान विस्तार गरेर आत्मनिर्भरता हासिल गर्ने योजना आगामी बजेटमार्फत अघि सारिएको छ।