समयमै मनसुन भए पनि धान रोपाइँ सत्र प्रतिशत मात्र


काठमाडौं । समयमै मनसुन शुरु भए तापनि देशभर हालसम्म १७.२ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४०५ धान रोपाइँ सम्पन्न भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ८.२५ मात्र रोपाइँ भएको छ।

अन्य प्रदेशमा कर्णालीमा २३.९५, बागमतीमा १९.६५, लुम्बिनीमा १८.५५, कोशीमा १३.७५ र गण्डकीमा १२.४५ क्षेत्रमा धान रोपिएको छ। सरकारले रासायनिक मल र उन्नत बीउको व्यवस्था गरे पनि अपेक्षाकृत रुपमा रोपाइँ सुस्त देखिएको छ।

नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रमा धान खेती गरिन्छ र कुल खेतीयोग्य जमिनको ५०५ भूभागमा धान खेती हुने तथ्यांक छ।