आज सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?



काठमाडौं ।

आज सुनचाँदीको मूल्य घटेको छ।आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले र चाँदीको मूल्य प्रतीतोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, बुधबार उच्च बिन्दुमा पुगेको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला २२ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।