एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ’कमेट इभी’


एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ ।

एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ । बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस रहेको कम्पनीको भनाइ छ ।

५०ः५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ ।

यस्ता छन् अपग्रेड गरिएका फिचर

रियर पार्किङ क्यामेरा, सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि, फास्ट चार्जिङ (७ वाट) ः ३.५ घण्टामै शून्य प्रतिशतबाट १०० प्रतिशत चार्ज हुने– छिटो, सहज र प्रभावकारी, पावर फोल्डेबल साइड मिरर, स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन, सक्षम, भरपर्दो र यात्राको लागि तयार यो इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ ।

आइपी ६७ रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ ।

कमेट इभीमा १०.२५ इन्चको डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुविधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट की. को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।

एमजी कमेट इभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्

डुअल फ्रन्ट एअरब्याग, एबिएस र इबिडी, अगाडिको र पछाडिको ३–पोइन्ट सिटबेल्ट, रियर पार्किङ क्यामेरा र सेन्सर, टिपिएमएस (टायर प्रेशर मनिटरिङ सिस्टम – इनडाइरेक्ट), चाइल्ड सिट एन्कर,गाडीको स्ट्रक्चरमा १७ वटा हट–स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ ।
यो इभीको ब्याट्रीमा ८ वर्ष÷१,२०,००० किमीको वारेन्टी रहेको छ । हाई–भोल्टेज कम्पोनेन्टमा ३ वर्ष÷१,००,००० किमी वारेन्टी रहेको छ ।

एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरूमा उपलब्ध छन् ।

चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन् ।

एमजी कमेट इभी स्मार्ट साइज, आधुनिक फिचर, सुरक्षामा प्रतिबद्धता र भरपर्दो सेवा सुविधासँगै नेपालको दिगो सहरी यातायातको भविष्यसँग पूर्ण रूपमा मेल खान्छ। यो केबल गाडी मात्र नभई स्वच्छ, प्रभावकारी र स्मार्ट मोबिलिटीतर्फको एक साहसी कदम रहेको कम्पनीको दाबी छ ।