काठमाडौँ
गोर्खाज फाइनान्स लिमिटेडको तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार काठमाडौँ गौशाला स्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुको साथै सोही सभाले आर्थिक वर्ष २०८१÷८२ को अन्तिम लेखापरीक्षणको लागि एनबीएसएम एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिए ।
उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालके नियुक्ति अनुमोदनसमेत गरेको छ । सोही सभाको अवसर पारी वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गर्नुको साथै ३० वर्ष भन्दा अधिक सेवा गरी अनिवार्य अवकाश भएका मुकुन्द श्रेष्ठको बिदाइसमेत गरेको छ ।
प्रतिक्रिया