काठमाडौं
ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम अन्तर बैंक स्क्यान टू क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रूपमा महालक्ष्मी विकास बैंक बनेको छ ।
यसअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैकिङ एपमार्फत टेलर काउन्टरमा क्युआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ । यस सुविधाको विस्तारसँगै परम्परागत रूपमा चेक वा एटिएम कार्डको प्रयोगमार्फत नगद झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्कमार्फत क्रस बोर्डर क्युआर भुक्तानी सेवासमेत यसअघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरियालगायतका मुलुकबाट आएका पर्यटकहरूले नेपाल पे क्युआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया