१२ खर्ब कमाएका शेयर लगानीकर्ताले यस वर्ष के गर्लान ?


काठमाडौं।

वर्ष २०८१ मा शेयर बजारका लागि समग्रमा सुखदजस्तै रह्यो । वर्षको अन्त्यतिर बजार केही घटेकोजस्ता देखिए पनि समग्रमा यस वर्ष लगानीकर्ताले राम्रै सम्पत्ति आर्जन गर्न सफल भएका छन् । वर्षको शुरूवात ताका नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०२५ विन्दुमा बन्द भएको थियो भने अन्त्यसम्म आइपुग्दा २६६२ विन्दुमा उक्लिएको छ । यस अवधिमा सूचक ६३७ अंकले अर्थात् करिब ३१ प्रतिशतले बढेको हो । यद्यपि, वर्षको बीचमा बजार उच्चतम विन्दु ३०४८ र न्यूनतम विन्दु १९५२ सम्मको यात्रा तय गरेको थियो ।

त्यस्तै वर्षको सुरुवातमा ३३ खर्बमा रहेको बजार पूँजीकरण वर्षको अन्त्यसम्म ४४ खर्ब २५ अर्ब रुपियाँमा पुगेको छ । तथापि, यस वर्ष ४७ खर्ब ११ अर्बसम्म पुगेर ऐतिहासिक कीर्तिमान बनाएको थियो । पछि क्रमशः घटे पनि लगानीकर्ताले वर्षभरिमा झण्डै १२ खर्बभन्दा बढीको सम्पत्ति आर्जन गरेका छन् । साथै २०८१ सालमै एकै दिनमा झण्डै ३० अर्ब रुपियाँ बराबरको कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो ।

बजार विश्लेषकहरूका अनुसार २०८१ सालमा शेयर बजारमा उत्साहजनक वातावरण सिर्जना गरेको भए पनि राजनीतिक हस्तक्षेप, नीतिगत भ्रष्टाचार र ढिलासुस्तीले अझै । तथापि, केही नीतिगत सुधार सुरु भएका छन्, जसले आगामी वर्षहरूमा बजारमा दीर्घकालीन स्थायित्व ल्याउने आशा जगाएको छ ।
बजारमा पर्याप्त तरलता छ, ब्याजदर घटेको र सरकारले नीतिगत पहल गरिरहेका कारण शेयर बजारमा पुनः उत्साह आउनेमा आशावादी हुन सकिन्छ । लामो समयदेखि नेप्से परिसूचक २५ सय विन्दुभन्दा तल झरेको छैन । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जामा पुर्नसंरचनाको नीति, होट तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण, निष्कृय कर्जामा भइरहेको सुधारलगायतका कारण यस पुँजी बजारले सकारात्मक दिशा समात्नेमा आशावादी हुन सक्ने ठाउँ छ ।