टाटाका नयाँ ईभी जनकपुरमा लन्च


काठमाडौं ।

टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ । जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा ती गाडी लन्च गरिएको हो ।

टाटाको ईभी गाडी २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजारसम्म हुनेछ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्ने बताउनुभयो । जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च विरगंजमा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।