काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ ।
उक्त प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो हुनुभएको छ ।
पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४० हजार रूपियाँ पुरस्कार पाउनुभएको छ ।
कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
‘कन्ट्री राउन्ड’मा इटहरी, काठमाडौँ, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धि रहनुभएको थियो ।’ कन्ट्री राउन्ड’ अघि सञ्चालन गरिएका ’ ब्रान्च राउन्ड’ र ’क्लस्टर राउन्ड’मा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट हुनुभएको थियो ।
प्रतिक्रिया