आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित


काठमाडौं ।

आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा अध्यक्ष हेमराज ढकालले आर्थिक बर्ष २०८०-८१ को वितरणयोग्य मुनाफा तथा गतआर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ९ दशमलव ७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९लाख ६१ हजार ५ सय ३० (कर प्रयोजनार्थसहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराउनुभयो ।


कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिनाभित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामीबर्षदेखि विभिन्नप्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमशव्यवस्थागर्दै लगिने समेत शयरधनीहरुलाई जानकारी गराउनुभयो ।


सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले कम्पनीले गत आर्थिक वर्ष २०७९-८० माहासिल गरेको बीमा प्रिमियम रकम ३ अरब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी ३ अरब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको जानकारी गराउनुभयो ।