राष्ट्रिय घर निर्माण फेस्ट २०८१ मा नेपाल इको प्यालन सहभागी  


काठमाडौं ।

स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक काठमाडाैंकाे बुद्धनगरमा बिहीबार देखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ ।

नयाँ घर निर्माण सहजीकरणका लागि अवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनीबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरूकाे विषयमा समेत छलफल गर्ने गरी सुरु भएको महोत्सवमा इको प्यानलले आफनो पनि स्टल राखेर सहभागिता जनाएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले महोत्सवमा सहभागीहरुलाई आफूहरुको आधुनिक निर्माण सामाग्रीबारे जानकारी गराउन स्टल राखेको जानकारी गराए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

 फेस्टमा निर्माण सम्बन्धी अत्याधुनिक प्रविधि देख्न पाइन्छ । साथै सबैभन्दा सस्तो मूल्यमा तयार हुने आरसिसि घरहरुको समेत विस्तृत जानकारी लिन सकिन्छ । ‘हरेक व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो र यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरूरी छ, आयोजकले भनेको छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा लिएको आयोजक स्किल सेवाले जनाएको छ ।


घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौ उपत्यकका नगरपालिकाहरू, वास्तुकलाविद, उद्यमी, विद्यार्थी लगायताका घर निर्माण एवं विभिन्न मर्मत सम्भार सम्वन्धी अन्तरक्रिया गरेका थिए ।

तीनदिने राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सव आज सकिँदै छ ।