आज पनि सेयर कारोबार घट्यो


काठमाडौं ।

आज सेयर कारोबार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा थप ०.१६ प्रतिशतले घटेपछि आज नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा रोकिएको छ ।

आज कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनिको घटेको छ । बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।

जसअनुसार ९० हजार ७ सय ५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएका थिए भने सो किनबेचमा करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।