आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको हो ।

आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० मा कारोबार भएको थियो।

यसैगरी, सोमबार एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ ले घटेर एक हजार ८३५ मा कारोबार भइरहेको महासङ्ले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।