४६ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार


काठमाडौँ ।

मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुठेली बुखारी हाइड्रोको  शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै आज सबैभन्दा बढी समृद्धि फाइनान्सको २४  करोड ७१ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ४ लाख ३० हजार ८५७ कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।