सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि बढ्यो


काठमाडौँ।

नेपाली बजारमा आज फेरि सुनको मूल्यले अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। विगत तीन दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँचसय रुपैयाँ बढेर एक लाख ५७ हजार तीन सय रुपियाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ थियो।

शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौ सय थियो। चाँदी आज तोलाको १५ रुपैयाँ बढेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।