एमाले संकल्प यात्रा प्रभाव : दैलेखको पेट्रोलियम पदार्थ उत्खननको कामले अनपेक्षित गति लियो

32.24k
Shares

दैलेख ।

मध्ये पहाड क्षेत्रको विकास र समृद्धीलाई लक्षित गरेर नेकपा (एमाले)ले शुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को सकरात्मक प्रभाव दैलेखको पेट्रोलियम पदार्थ उत्खननमा देखिएको छ ।

पदयात्राका क्रममा गएको मंसिर १८ गते एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीले दैलेखको भैरवी गाउँपालिका १ स्थित पेट्रोलियम अन्भेषण स्थलको स्थलगत अवलोकन गर्दै पेट्रोलियम पदार्थको उत्खननको कामलाई जोड दिनुपर्ने बताएको केहि समयमै कामले निकै तिब्रता पाएको खानी तथा भुगर्व विभागको पेट्रोलियम पदार्थ अन्भेषण आयोजनाका प्रमुख दिनेश नापितले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कमिटिको तेस्रो अधिवेशनको तयारीका सन्दर्भमा आयोजना स्थलमा आयोजित बैठकमा आयोजनाको प्रगतिका बारेमा जानकारी दिदैं नापितले एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थालगत भ्रमण पश्चात अन्भेषणको कामले अनपेक्षित तिब्रता पाएको उल्लेख गर्नुभयो ।

‘डेफिनेट्ली एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नेतृत्वको सिंगो एमाले नेताहरुको टोली अन्भेषण स्थलमा आएपछि कामको गति तिब्र रुपमा अघि बढ्यो’, आयोजना प्रमुख नापितले कर्णालीका पत्रकारहरुसँग भन्नुभयो, ‘सम्माननीय केपी शर्मा ओली ज्यूले आफै प्रधानमन्त्री भएको बेला शुरुवात गरेका यो आयोजनाको काम बीचका अपेक्षित गति लिन नसकेको बेला भएको एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानले रोकिएको कामलाई थप अघि बढाउने वातावरण कायम सृजना गराएको हो भन्न हामीलाई कुनै संकोच छैन् ।’

सन २०१९ मा चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा चिनिया जियोलोजिक सर्भे विभाग र नेपाल सरकार बीच भएको दुई पक्षिय संझौता पश्चात शुरु गरिएको अन्भेषणको काम बीचको केहि अन्योल जस्तै बनेको थियो । जलजले देखि पादुकासम्मका विभिन्न क्षेत्रमा सतही रुपमै ज्वाला बलेपछि त्यस क्षेत्रलाई आधार मानेर गरिएको सर्भे पछि सबै भन्दा बढि पेट्रोलियम पदार्थ र ग्याँस पनि हुनसक्ने प्रारम्भीक अध्ययनको निचोडका आधारमा जलजलेलाई बोरिङका लागि छनोट गरिएको हो ।

यस क्षेत्रमा ४ किलोमिटरको गहिराईसम्मको ड्रील गर्ने काम तयारी भैरहेको छ । अन्भेषणात्मक ड्रिलिङ गर्ने काम भएपछि पेट्रोलको परिमाण कति छ रु सतहमा आइरहेको पेट्रोलियम पदार्थ र ग्याँसको मात्रालाई एकिन गर्ने कामका लागि चिनियाँ प्राविधिक र नेपालको खानी तथा भुगर्व विभागको टोलीले काम गरिरहेको आयोजना प्रमुख नापितले जानकारी दिनुभयो ।

अन्तिम प्रतिवेशन २०८१फागुन १६ गते भित्र चीनयाँ प्राविधिकले गरेको पेट्रोलियम पदार्थको अन्भेषणको अन्तिम प्रतिवेदन आगामी २०८१ फागुन १६ गते भित्रमा तयार हुने आयोजनाले बताएको छ । ड्रिल कार्यका लागि अन्भेषण स्थलमा अहिले १३८ वटा ट्रकको सामान आइपुगेको छ । यसमा केहि थप भएर १६० वटा ट्रक सामानहरु आइपुगेर सेट गर्ने काम सकिएपछि अबको १५ दिन भित्रमा ड्रिलिङ गर्ने कार्य शुरु हुने बताउनु भएका आयोजना प्रमुख नापितले काम शुरु भएदेखि तीन सिप्mटमा काम गरेर अबको ४ देखि ६ महिना भित्रमा काम सकिने ठोकुवा गर्नुभयो ।

‘अहिलेकै जसरी स्मुथली काम अघि बढेमा गएमा शुरु भएको ४ महिनामा सकिने भन्ने योजना हाम्रो छ । चीनबाट आउनु पर्ने सम्पूर्ण टेक्नीसियन आइसक्न्नु भएको छ । नेपालीतर्फबाटका कामदारहरुलाई पनि सबै खटाउने काम सकिएको छ । आयोजनाको काउण्टर पाटोका रुपमा भुगर्व विभागबाटका साथीहरु पनि खटिसक्नु भएको छ । त्यसैले ढिलोमा ६ महिना भित्रमा ड्रिलको काम सकिने गरी काम हामीले अघि बढाएका छौं’ नापितले थपे ।

२०८१ साल फागुन १६ गतेसम्मको सबै काम सकेर बिस्तृत प्रतिवेदन बुझाउने गरी अन्भेषण सम्झौता भएको छ । दैलेखको जलजलेमा केन्द्रीत गरेर शुरु भएको पेट्रोलियम अन्भेषण तथा नेपालकै संभावनाको बारेमा अध्ययन गर्ने काम चीनियाँ टोलीले गरिरहेको हुनालेआगामी फागुन १६ गते भित्रमा सबै प्रतिवेदन नेपाल सरकारलाई बुझाउने गरी काम भैरहेको छ ।

Skip This