१४ लाख ५ सय भन्दा  बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिने



काठमाडौँ।

यस बर्षदेखि सरकारले खोप अभियानलाई नयाँ ढंगबाट सञ्चालनमा ल्याउने भएको छ । विगतमा लगाउँदै आएको खोप भन्दा भिन्न ढंगबाट स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी जेठ असार भित्र यसअघि खोप लगाउन छुटेका १४ लाख ५ सय भन्दा  बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।

नेपालले सन् २०१४ मै पोलियोविरुद्धको खोप (आईपीभी)  सुईबाट दिने खोप सुरु गरेपनि सन् २०१६ देखि सन् २०१८ को मध्यसम्म खोपनै विश्वव्यापी अभाव सृजना भएकै कारण खोप रोकिएको थियो ।‘ पछिल्लो अभियानमा २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार बालबालिकाहरुलाई खोप दिइने छ,’ परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले भने । उनले यो खोप अभियान विद्यालय केन्द्रित हुने बताए।

विद्यालय केन्द्रित खोप कार्यक्रम सञ्चालन हुनेछ । जसमा साढे ४ वर्ष देखि सात वर्ष उमेर समूहका बालबालिकाहरु समेटिनेछन् । विद्यालयमा छुटेका बालबालिहाहरुलाई स्थानीय स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम रहेको डा.गौतम बताउँछन्  । यो खोप केही सातामै आउने भएकाले प्रदेशस्तरिय अभियानको तयारीका लागि विभिन्न चरणमा बैठकहरु भइरहेको उनले बताए ।

आठ वर्ष अघि विश्व बजारमै खोप उत्पादन नभएर बन्द गरिएको खोप पुन सुरु गर्न लागिएको हो । यो खोप आउनु अघि पोलियोको मुखबाट दिइने ओरल खोप मात्रै थियो । विस्तारै मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) हाल सम्म पनि नियमित रुपमा सञ्चालन भईरहेको छ । टाइप टु खोपको माध्यमबाट दिइने खोप भने बन्द थियो । विश्व स्वास्थ्य सङ्गठनले नै सो खोप प्रयोग गर्नको लागि विश्व समुदायलाई आह्वान गरेको डा.गौतमले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्