प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो



काठमाडौँ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ३५ ले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्