अण्डाको साइज अनुसारकाे मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५



काठमाडौं ।

अण्डाको नयाँ बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको हाे ।

नयाँ समर्थन मूल्य भाेली बिहीबारबाट लागू हुने संघले जनाएकाे छ ।  नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ  तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।

संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेकाे हाे  ।

भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्