मुक्तिनाथ विकास बैंकद्वारा कन्चनपुरको कृष्णपुरमा वृक्षरोपण



काठमाडौं ।

मुक्तिनाथ विकास बैङ्कले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ। बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्थानमा करिब १५० वटा कागतीका बिरुवा रोपेको हो।

बैङ्कले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको हो। हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्‍याएको बैङ्कले जनाएको छ। सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरबासीहरुको उपस्थिति रहेको थियो।

साथै बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैङ्कको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैङ्कले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्