मुटु उपचारमा पनि गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 



काठमाडौँ। 

नेपालमा मिर्गौला प्रत्यारोपण सीमित हुँदा निकै कष्ठमा परेका नेपालीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १ हजार २ सय १६ जनाको मिर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गर्ने सफलता प्राप्त गरेको केन्द्र अब मुटु उपचारमा पनि अब्बल  बन्दै गएको छ ।

यो अस्पतालले विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धी विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा ल्याएको छ । प्रत्येक महिना ७ सय जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३ सय ५० जना भन्दा बढीले इ सि जि सेवा तथा २ सय ५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेको केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी गराए ।  आइतबार, मङ्गलवार र बिहीबार क्याथल्याब सम्बन्धी एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने  कार्यालय समय भित्र हुने गरेको कुरा केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले जानकारी गराए ।

क्याथ ल्याबको सहायताले मुटुको नसा बन्द भए नभएको थाहा पाउने “एन्जीयोग्राफी”  का साथै हृदयाघात भएका वा मुटुको नशा साँघुरो भएका बिरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिन्छ ।

हाल सम्म ५ सय ३ जनाको क्याथ ल्याब पद्दतीबाट  उपचार भएको छ भने १३ हजार ३२ जनाको इको र  १६ हजार ९ सय ९९ जनाको इ. सी. जि, भै सकेको छ । प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धी बहिरंग सेवा हुने गरेको छ भने अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेको कुरा  मुटुरोग  विशेषज्ञ डा. किसन कुमार कुशवाहले बताए । यही फागुन महिनमा मात्रै ६ सय ३९ जनाको ओ पि डि सेवा, ३ सय ४६ वटा इ सि जी र २ सय ८७ वटा इको भएको कुरा  डा कुशुवाहा बताउँछन् ।

यसै गरी मुटु रोग लागेका विपन्न नागरिकको लागि राज्यले उपलब्ध गराउने  एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै ज्येष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने  गरेको छ ।

यति बेला शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको उपयुक्त जमिन र आफ्नै भवनको खाँचो भएको बारेमा सरकारलाई अवगत गराए अनुसार सरकाद्वारा जग्गा उपलब्ध गराउँने बिषयमा प्रकृया अन्तिम गरणमा पुगेको पनि डा.श्रेष्ठ बाउँछन् । स्थान अभावको बाबजुत पनि केन्द्रमा सञ्चालित मुटुरोग सेवाले भक्तपुर र आसपासका जिल्लाका मुटुका विरामीहरुलाई प्रसस्त सेवा दिइ रहेको छ अतः केन्दको क्षमता विस्तार गरी ५ सय बेड बनाउने प्रस्ताव सरकारले स्वीकृत भएको खण्डमा मुटु लगायतको सेवामा अझै वृद्धि गर्न सकिने भक्तपुर आसपासका जिल्लाका बासिन्दाहरु अझ बढी लाभान्वित हुने कुरा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्