यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २५०, भारतीय सुन्तला ९०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ६०, भारतीय ठुलो गोलभेँडा ७०, अदुवा २००, रातो आलु ३५ र रातो भारतीय आलु ३७ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ६०, कागती २२०, लोकल काँक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, हाइब्रिड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ३० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनियाँ ५० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्