सुनको मूल्य बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। मंगलबार एकैदिन २ हजार रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन १ लाख २३ हजार, तेजाबी सुन १ लाख २२ हजार ४ सय र चाँदी १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन छापावाल सुन १ लाख २१ हजार, तेजाबी सुन १ लाख २० हजार ४ सय र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्