घट्याे सुन-चाँदीको मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको मूल्य तोलाकोे १४ सय १५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्